पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु

नवयुग संवाददाता
४ भाद्र २०७८, शुक्रबार १९:३०

Advertisement

सुर्खेत । रुकुम पश्चिममा पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु भएको छ । मुसीकोट नगरपालिका–७, स्थित ठूली दहमा पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु भएको रुकुम पश्चिम प्रहरीले जनाएको छ ।

Advertisement

प्रहरीका अनुसार मृत्यु हुनेमा मुसीकोट नगरपालिका–१, सल्लेका २१ वर्षीय भीमबहादुर थापा र उनको १७ वर्षीय भाइ प्रेमबहादुर थापा रहेका छन् । साथीहरुसँग घुम्न गएका उनीहरुको पौडी खेल्ने क्रममा शुक्रबार दिउँसो साढे २ बजे मृत्यु भएको रुकुम पश्चिमका प्रहरी प्रमुख डीएसपी ध्रुवकुमार श्रेष्ठले जानकारी दिए ।

Advertisement

नेपाल प्रहरी, शसत्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा शुक्रबार बेलुका मात्रै उनीहरुको शव निकालिएको उनले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी श्रेष्ठले बताए ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*