भरुवा बन्दुक सहित एक युवक पक्राउ

नवयुग संवाददाता
१० भाद्र २०७८, बिहीबार ११:५८

Advertisement

जाजरकोट । जाजरकोटमा अवैध भरुवा बन्दुक सहित एक युवक पक्राउ परेका छन् । जिल्लाको नलगाड नगरपालिका ८ का ३३ बर्षीय वीरबहादुर पुन एक नाले भरुवा बन्दुक सहित पक्राउ परेका हुन् । अस्थायी प्रहरी पोष्ट मैदेबाट गएको प्रहरीको गस्ती टोलीले उनलाई स्थानिय कुशेपानी जंगलमा हतियार सहित फेला पारेको थियो।

Advertisement

शिकार खेल्न निस्केका पुनलाई गस्ती प्रहरीले भेटेपछि पक्राउ गरी जिल्ला सदरमुकाम ल्याईएको जिल्ला प्रहरी प्रमुख डिएस्पी मधुकुमार थापाले बताए । उनलाई अवैध हातहतियार तथा खरखजना सम्बन्धी मुद्धा चलाईने भएको थापाले जानकारी दिए ।

Advertisement
Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*