मकवानपुरमा ३५ संक्रमित थपिए, ८ संक्रमणमुक्त

नवयुग संवाददाता
२०७८, १० भाद्र बिहीबार १५:४२

Advertisement

मकवानपुर । पछिल्लो २४ घण्टामा मकवानपुर जिल्लामा ३५ जना कोरोना सक्रमित थपिएका छन् । स्वा्स्थय कार्यालय मकवानपुरले जनाए अनुसार मकवानपुरमा बिहीबार (आज) थप ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

Advertisement

१ सय १६ जनाको स्वाब परीक्षण गर्दा ३५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार ८२ जनाको पिसिआर विधिबाट गरिएको परीक्षणमा ३३ र ३४ जनाको एन्टीजेन विधिबाट गरिएको परीक्षणमा २ जनामा संक्रमण पुष्टि भएको हो ।

Advertisement

त्यस्तै बिहीबार जिल्लामा ८ जना कोरोनामुक्त भएका छन् । विभिन्न मितिमा कोरोना पुष्टि भइ होम तथा संस्थागत आइसोलेसनमा रहेका ८ जनाले कोरोना जितेको कार्यालयले जनाएको छ ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*