धुर्मुस–सुन्तलीको चलचित्र ‘म त मर्छु कि क्या हो !’ ओटिटीमा प्रदर्शन

नवयुग संवाददाता
११ भाद्र २०७८, शुक्रबार १५:२३

Advertisement

काठमाडौँ । हाँस्य कलाकार जोडी सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले निर्माण गरेको चलचित्र ‘म त मर्छु कि क्या हो !’ ओटिटी प्लेटफर्ममा प्रदर्शन भएको छ। ओहो मुभिज एप मार्फत चलचित्र प्रदर्शन गरिएको हो। हाँस्य व्यंग्य जनरामा बनेको यो चलचित्र पहिलो चरणको लकडाउनपछि चितवनका विभिन्न ठाउँमा छायाँकन गरिएको थियो।

Advertisement

२ घण्टा लामो यो चलचित्रमा सीताराम कट्टेल, कुञ्जना घिमिरेको साथै विजय बराल, पल्पसा डंगोल, सुमन कार्की, सुमन कोइराला, बुद्धि तामाङ र रवि गिरी लगायतका कलाकारको अभिनय रहेको छ। चलचित्र हेर्नको लागि ओहो मुभिजको एप्लिकेशन डाउनलोड गरी केही रकम तिर्नुपर्छ।

Advertisement

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*