इलाममा ५४ हजार ९ सयले लगाए कोभिडविरुद्धको खोप

नवयुग संवाददाता
१२ भाद्र २०७८, शनिबार १३:५४

Advertisement

इलाम । इलाम जिल्लामा ५४ हजार ९ सय ३६ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् । २३ हजार ६ सय ४३ जनाले खोपको पहिलो मात्रा मात्र लगाएको इलाम स्वास्थ्य कार्यालयको तथ्यांक छ ।

Advertisement

२ लाख ३५ हजार ३ सय १८ जना नागरिक अझै खोपको प्रतक्षिामा रहेका छन् । जिल्लामा २ लाख ९० हजार २ ५४ जनसंख्या छ । अहिलेसम्म खोपको एउटै मात्रा लगाए पुग्ने जोन्सन एन्ड जोन्सन १५ हजार ५ सय ९८ जनाले लगाएका छन् । १५ हजार ६ सय ९५ ले कोभिसिल्ड खोप लगाइसकेका छन् । भेरोसेलको पहिलो मात्रा २३ हजार ६ सय ४३ जनाले लगाएको स्वास्थ्य कार्यालयको तथ्यांक छ । ४८ हजार ५ सय ३६ जनसंख्या भएको इलाम नगरपालिकामा १२ हजार ८ सय २३ जनाले खोप लगाएका छन् । उनीहरूमध्ये ३ हजार ५ सय ८३ जनाले जोन्सन एन्ड जोन्सन खोप लगाएका छन् ।

Advertisement

२ हजार ७ सय १० जनाले कोभिसिल्ड खोप लगाएको तथ्यांक छ । ६ हजार ५ सय ३० जनाले भेरोसेलको पहिलो मात्रा लगाएका छन् । ५६ हजार ६ सय ९१ जनसंख्या भएको सूर्योदय नगरपालिकामा १० हजार तीन सय ८८ जनाले खोप लगाएका छन् । उनीहरूमध्ये ३ हजार १ सय २१ ले जोन्सन एन्ड जोन्सन खोप लगाएका छन् । ३ हजार २ सय ५ ले कोभिसिल्ड लगाएका छन् । ४ हजार ६२ जनाले भेरोसेलको पहिलो मात्रा लगाएका छन् । ३२ हजार ९ सय २७ जनसंख्या भएको देउमाई नगरपालिकामा ६ हजार १२ जनाले खोप लगाएका छन् । उनीहरूमध्ये १ हजार ७ सय २ जनाले जोन्सन एन्ड जोन्सन र १ हजार ८ सय २० जनाले कोभिसिल्ड खोप लगाएको तथ्यांक छ ।

Advertisement

२ हजार ४ सय ९० जनाले भेरोसेलको पहिलो मात्रा लगाएका छन् ।३४ हजार ९ सय १४ जनसंख्या भएको माई नगरपालिकामा ४ हजार ६ सय ४४ जनाले खोप लगाएका छन् । उनीहरूमध्ये १ हजार ३ सय ७० ले जोन्सन एन्ड जोन्सन र १ हजार ३ सय १४ जनाले कोभिसिल्ड खोप लगाएको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ ।
१ हजार ९ सय ६० ले भेरोसेलको पहिलो मात्रा लगाएको तथ्यांक छ । २१ हजार ९ सय १९ जनसंख्या रहेको फाकफोकथुम गाउँपालिकामा ३ हजार ६ सय ६४ जनाले खोप लगाएका छन् । उनीहरूमध्ये ८ सय ८५ जनाले जोन्सन एन्ड जोन्सन र १ हजार १ सय ३७ जनाले कोभिसिल्ड लगाएका छन् । १ हजार ६ सय ४२ ले भेरोसेलको पहिलो मात्रा लगाएको तथ्यांक छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*