दुई महिना लामो उपचारपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल स्वदेश फर्किदै

नवयुग संवाददाता
१३ भाद्र २०७८, आईतवार १२:०२

Advertisement

काठमाडौ ।पूर्वप्रधानमन्त्री झलनाथ खनाल दुई महिना लामो उपचारपछि सोमबार स्वदेश फर्किदैछन् । सफल मिर्गौला प्रत्यारोपणपछि उनी झन्डै साढे २ महिनापछि स्वदेश फर्किन लागेका हुन् ।

Advertisement

मिर्गौलामा समस्या देखिएपछि उनी गत असार २ गते उपचारका लागि दिल्ली गएका थिए । स्वास्थ्य अवस्थामा सुधार आएपछि उनी भोलि दिउँसो नेपाल आउने भएका हुन् ।थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएका खनाललाई थप उपचारका लागि दिल्ली लगिएको थियो ।

Advertisement

दिल्ली जाने बेला पार्टीभित्रको विवाद समाधान गर्न अध्यक्ष केपी ओलीलाई विज्ञप्तिमार्फत आग्रह गरेका थिए ।तर उनी नेपाल फर्किन लाग्दा एमाले विभाजित भइसकेको छ । उनले दिल्लीबाटै माधवकुमार नेपाल नेतृत्वमा बनेको नेकपा (एकीकृत समाजवादी) पार्टीको सनाखत गरेका थिए ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*