खै हामीलाई नागरिकता भन्दै विराटनगरमा प्रदर्शन

नवयुग संवाददाता
१३ भाद्र २०७८, आईतवार १९:१५

Advertisement

विराटनगर । विराटनगरका २३ वर्षका अजय पोदारले पढाइ छाडेर एउटा पसलमा काम गर्दै थिए । तर पसलले बैंक खातामा तलब दिने भनेपछि उनले जागिर छाड्नुपर्‍यो ।

Advertisement

‘तलब बैंकमा हाल्ने भएपछि जागिर छुट्यो,’ उनले भने, ‘नागरिकता बनेको छैन, नागरिकता नभएपछि बैंकले खाता खोल्दैन ।’ पछिल्लो समय आफू बेरोजगार भएको उनले बताए । अजयका बुबाआमाले जन्मका आधारमा नागरिकता लिएका हुन् । त्यसैले अजयको नागरिकता बनेको छैन । उनले भने ‘मोबाइलको सीम पनि आफ्नो नामको चलाउन पाइदैन ।’ उनले चाडो नागरिकता प्राप्त गर्ने बातावरण मिलाइदिन आग्रह गरे ।

Advertisement

विराटनगरका अर्का युवक सागर विश्वास पनि नागरिकता नभएका कारण छटपटाइरहेका छन्। आमाको नामबाट नागरिकता नबनेका कारण दुःख झेल्नुपरेको गुनासो गर्छन ।

Advertisement

जन्मसिद्धका आधारमा नागरिकताका लिएका अभिभावकका छोराछोरीहरुले नागरिकता नपाएपछि नागरिकता पीडित संघर्ष समिति गठन गरेका छन् । समितिका अध्यक्षसमेत रहेका पौद्दार विराटनगरमा जन्मसिद्धका आधारमा नागरिकता पाएका तीन हजार पाँच सय बढी अभिभावकका सन्तानले नागरिकता नपाएको बताउँछन् ।

उनीहरुले नागरिकता माग गर्दै प्रदर्शन गरेका छन् । संसदमा विचाराधीन रहेको नागरिकता विधेयक पारित नहुँदा आफूहरु अनागरिक रहनुपरेको भन्दै आइतबार जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि प्रदर्शन गरेका हुन् ।

प्रदर्शनपछि मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलालाई ज्ञापन पत्र पनि बुझाएका छन् । ज्ञापनपत्रमा नागरिकता विधेयक तत्काल पारित गर्न पनि माग गरिएको छ । जिल्ला प्रशासन कार्यालय अगाडि हामीले नागरिकता कहिले पाउने ? हाम्रो बुवाआमा नेपालका नागरिक हामी चैं कहाँको नागरिक ? भन्दै प्रश्न गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*