तेह्रथुम पावरको आईपीओमा २३ लाख ८८ हजारको आवेदन

नवयुग संवाददाता
१३ भाद्र २०७८, आईतवार १९:३७

Advertisement

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि खुला गरेको साधरण शेयर (आईपीओ)का लागि २३ लाख ८८ हजार भन्दा धेरै जनाले आवेदन दिएका छन् । कम्पनीले भदौ ९ देखि १३ गते (आज) सम्मका लागि आईपीओमा आवेदन दिने मिति तोकेको थियो ।

Advertisement

कम्पनीले १०० रुपैयाँ अंकित दरका ८ करोड मूल्य बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो । कुल निष्कासनमा आउने ८ लाख कित्तामध्ये १६ हजार कित्ता कम्पनीका कर्मचारीका लागि र ४० हजार कित्ता शेयर म्युचुअल फण्डहरुका लागि छुट्याइएको छ भने ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

Advertisement

कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ । आवेदकहरुको संख्या यति ठूलो भए पनि जम्मा ८० हजार जनालाई मात्रै यसको आईपीओ पर्नेछ । आवेदन दिएका मध्ये करिब २३ लाखकै हात रित्तो हुनेछ ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*