लुम्बिनी प्रदेशको योजना आयोग उपाध्यक्षमा वामदेव क्षेत्री नियुक्त

नवयुग संवाददाता
१३ भाद्र २०७८, आईतवार २१:०१

Advertisement

रूपन्देही । लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोगका उपाध्यक्षमा बुटवलका वामदेव क्षेत्रीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।आइतबारबसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले बुटवल उपमहानगरपालिका–८ निवासी माओवादीका केन्द्रीय सदस्यसमेत रहेका क्षेत्रीलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

Advertisement

आयोगमा २ जना सदस्यसमेत मानोनित गरिएको छ । लुम्बिनी सरकारका प्रवक्ता कृष्णध्वज खड्काका अनुसार सदस्यमा गुल्मी मुसिकोटका दामोदर भुसाल र कृष्णनगर कपिलवस्तुका शिवपुजन यादव चयन भएका हुन् ।

Advertisement

यस्तै, बैठकले ३ सदस्यीय प्रदेश पदक सिफरिस समितिसमेत गठन गरेको छ । जसको सदस्यमा कपिलवस्तुका बर्मानन्द उपाध्याय, रुकमकी दिलकुमारी रोका र पाल्पाका यज्ञ पोखरेल रहेका छन् । बैठकले लुम्बिनी प्रदेशमा कर्मचारीको व्यवस्थापन २ चरणमा गर्नेभएको छ ।

Advertisement

आइतबारको बैठकले भदौ मसान्त र असोज १५ गरि २ चरणमा गर्न लागेको सरकारका प्रवक्ता खड्काले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*