प्रगतिशील साहित्यकार आनन्ददेव भट्टको ८५ वर्षको उमेर निधन

नवयुग संवाददाता
१४ भाद्र २०७८, सोमबार १०:३८

Advertisement

काठमाडौं । (वरिष्ठ साहित्यकार आनन्ददेव भट्टको ८५ वर्षको उमेर निधन भएको छ।

Advertisement

सोमबार बिहान आफ्नै निवास काठमाडौंको कालिकास्थानमा भट्टको निधन भएको हो। साहित्यकार मातृका पोखरेलका अनुसार उनी विगत चारपाँच वर्षदेखि अल्जाइमर रोगबाट पीडित थिए।

Advertisement

प्रगतिशील लेखक संघका पूर्व अध्यक्षसमेत रहेका भट्टका अढाइ दर्जनजति कृति प्रकाशित छन्।

Advertisement

लामो समय नेपाली साहित्य, प्राध्यापन र प्रगतिशील चिन्तनमा सक्रिय भट्टले काव्य, खण्डकाव्य, संस्मरण, समालोचना, निबन्धलागयत विधाका कृति लेखेका छन्। उनका ‘साइँलीमैया’, ‘आमा बोलाउँछिन्,’ ‘९७ साल’ लागायत कृति लोकप्रिय छन्।

वि।सं। १९९० सालमा जुम्लामा जन्मिएका भट्टले नेपालको वामपन्थी कम्युनिष्ट आन्दोलनमा ठूलो गोगदान पुर्याएका पोखरेलले बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*