मुख्यमन्त्री: मन्त्रीबीच कलह

नवयुग संवाददाता
१४ भाद्र २०७८, सोमबार १०:४७

Advertisement

जनकपुर । प्रदेश २ सरकारले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दा प्रदेशसभामा प्रत्येक वर्ष दुईखाले दृश्य दोहोरिन्छ, सांसदले बैठक अवरुद्ध गर्ने र मुख्यमन्त्री लालबाबु राउतले रोस्ट्रममा उभिएर सांसदलाई आश्वस्त पार्ने । संसदीय अभ्यासमा यी दुवै दृश्य सामान्य देखिए पनि यसमा मुख्यमन्त्री राउत र यसअघिका आर्थिक मामिलामन्त्री विजय यादवबीचको राजनीतिक टकराव जोडिएको छ ।

Advertisement

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विजय यादव बजेट र नीति तथा कार्यक्रममा मन्त्री यादव हावी हुँदा विपक्षी दल, असन्तुष्ट आफ्नै सांसद र अन्य मन्त्रालयका मन्त्री फकाउन मुख्यमन्त्री राउतलाई सधैं हम्मे पर्छ । सांसद विकास कार्यक्रम र मन्त्रालयगत बजेटमा मन्त्री यादवले ‘खेल्दा’ मुख्यमन्त्री राउतले त्यो झमेला सल्टाउन ठूलै मिहिनेत गर्नुपर्छ । यही कारणले मुख्यमन्त्री राउतले आइतबार आर्थिक मामिला तथा योजना मन्त्रालयमा शैलेन्द्र साहलाई ल्याएका छन् भने यादवलाई साहले सम्हालेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय दिइएको छ ।

Advertisement

एउटै दल जनता समाजवादी पार्टी (जसपा) का नेता राउत र यादव प्रदेश २ मा एक–अर्काका राजनीतिक प्रतिद्वन्द्वी पनि हुन् । यादव जसपाका प्रदेश २ का अध्यक्ष छन् । यी दुवैबीच प्रदेश सरकारको बागडोर सम्हाल्ने मामिलामा तुष बढेको हो । जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले हस्तक्षेप गरेर मुख्यमन्त्रीमा राउतलाई रोजेपछि यादवलाई आफूले रुचाएको मन्त्रालय दिइएको थियो ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*