भारतमा थपिए ४२ हजार संक्रमित, पाँचौ दिन लगातार ४० हजार भन्दा बढी संक्रमित पहिचान

नवयुग संवाददाता
१४ भाद्र २०७८, सोमबार ११:४०

Advertisement

काठमाडौं । भारतमा पाँचौ दिन लगातार दैनिक ४० हजारभन्दा बढी कोरोना संक्रमितको पहिचान भएको छ। पछिल्लो २४ घण्टामा भारतचर ४२ हजार ९०९ जनामा संक्रमण देखिएको छ। यी मध्ये २९ हजार ८२६ जना संक्रमित केरलामा पहिचान भएका हुन्।

Advertisement

यस्तै, ३४ हजार ७६३ जना संक्रमण मुक्त भएका छन्। हाल भारतभर सक्रिय कोरोना संक्रमितको संख्या ३ लाख ७६ हजार ३२४ पुगेको छ।

Advertisement

संक्रमणका कारण थप ३८० जनाको मृत्यु भएको छ। यसँगै भारतमा कोभिड १९ संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ लाख ३८ हजार २१० पुगेको छ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*