कालीगण्डकीको छालले आठ घर क्षति, तीन घाइते

नवयुग संवाददाता
१४ भाद्र २०७८, सोमबार ११:५३

Advertisement

बेनी । म्याग्दीको बेनी नगरपालिका(८ कालीपुलमा सोमबार बिहान कालीगण्डकीको छालले आठ वटा घरमा क्षति पुगेको छ । तीन जना घाइते भएका छन् ।

Advertisement

पर्वतको जलजला गाउँपालिका(३ माटेपानीको पहाडबाट कालीगण्डकीमा पहिरो खसेर म्याग्दीतर्फको कालीपुलमा छाल पसेको थियो । स्थानीयबासी सुरेश पुनका अनुसार बिहान २स्३० बजे कालीपुलको बस्तीमा बाढी सहितको छाल पसेको हो ।

Advertisement

‘सुतिरहेको बेला ठुलो आवाजसँगै घरभित्रै पानी पसेपछि भागाभाग भयो,’ उनले भने, ‘पानीले घरभित्र हिलाम्मे र सामान बगाएको छ ।’ बस्तीको पछाडी कालीगण्डकीको किनारतर्फ रहेका घरको शौचालय, टहरा र कोठा भत्किएका छन् ।

Advertisement

घरभित्र छाल पसेपछि भाग्ने क्रममा गोबिन्द बुढा, सन्तु पुन र रेखा नेपाल घाइते भएका कालीपुल टोल सुधार समितिका अध्यक्ष ताराप्रसाद पुनले बताए । स्थानीयबासी र प्रहरीले उद्दार गरेर बेनी अस्पतालमा लगेका उनिहरु खतरामुक्त छन् ।

माटेपानी र कालीपुल कालीगण्डकी नदीको वारीपारी छन् । माटेपानीको पहाड बर्खे भेलले उर्लिएको कालीगण्डकीमा खस्दा छालले कटान नियन्त्रणका लागि निर्माण भएको तटबन्धको पर्खाल नाघेर बस्तीमा पुगेको स्थानीय सोनिया पुनले बताइन् ।

टोल सुधार समितिका अध्यक्ष पुन, सुरेश पुन, सुबिन श्रेष्ठ, भिमा कार्की, क्षेत्र गौचन, एबिन तिलिजा, टिकाबहादुर पुर्जा, हर्कबहादुर थापाको घर र निर्माण व्यवसायी दिनेश ढुङ्गानाको स्टोर रहेको टहरामा क्षति पुगेको छ । फर्निचर, लत्ताकपडा, भाडाकुडा लगायतका सामग्री छालले लथालिङ्ग बनाएको छ ।

तटबन्धको माथिल्लो भागमा राखिएको फलामको रेलिङ पनि भत्काएको छ । तटबन्ध भने सुरक्षित छ । पहिरोले पाइपलाइन बगाएपछि जलजला गाउँपालिकाको वडा न। २ र ३ मा पर्ने बगरफाँटमा खानेपानी आपुर्ति बन्द भएको छ । पर्वतबेनी खानेपानी उपभोक्ता संस्थाका सदस्य हिराबहादुर बरुवालले २५० घरधुरीमा खानेपानी आपुर्ति बन्द भएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*