विराटनगर डिपोमा पार्किङ गरिएको ट्यांकर चोरी, एकजना पक्राउ

नवयुग संवाददाता
१४ भाद्र २०७८, सोमबार १६:३३

Advertisement

विराटनगर । नेपाल आयल निगम विराटनगर डिपोको पार्किङमा राखिएको डिजेलसहितको ट्यांकर चोरी भएको छ । आइतबार राति करिब साढे १ बजे पार्किङ लटमा राखिएको ट्यांकर चोरी भएको हो । चोरीको आरोपमा प्रहरीले ट्यांकरसहित एकजनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका– ४ का २६ वर्षीय श्रवणकुमार यादवलाई पक्राउ गरेको हो ।

Advertisement

राति ट्यांकर लिएर भाग्दै गर्दा बूढीगंगा गाउँपालिका–३ बाँसबारीबाट ट्यांकरसहित यादवलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कायालय मोरङले जनाएको छ । पक्राउ परेकामाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दीपक श्रेष्ठले बताए ।

Advertisement

आइतबार राति करिब साढे १ बजे विराटनगर–४ स्थित नेपाल आयल निगमको उत्तरतर्फ रहेको पार्किङ स्थलबाट डिजेलसहितको ना ४ ख ४६९ नम्बरको ट्यांकर चोरी भएको थियो । चालक यामकुमार खनाल सुत्न र सहचालक शिव खनाल शौचालय गएको मौकामा यादवले चाबी खुला नै रहेको ट्यांकर चोरी गरेको प्रहरीले जनाएको छ ।

Advertisement

राति करिब १ बजे चोरी भएको ट्यांकर अमलेखगञ्ज डिपोबाट २० हजार लिटर डिजेल लिएर राति १२ः३० बजेतिर विराटनगर आइपुगेको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानमा चोरीमा यादवसहित चाररपाँच जनाको संलग्नता देखिएको प्रहरीले जनाएको छ । अन्यको खोजी जारी छ । यादव निगमका पूर्व चालक हुन् । उनले केही महिना अघि जागिर छाडेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*