लागु औषधसहित नागढुंगाबाट किशोर पक्राउ

नवयुग संवाददाता
२२ भाद्र २०७८, मंगलवार १४:५३

Advertisement

काठमाडौँ । काठमाडौँको नागढुंगाबाट प्रहरीले लागु औषध सहित एक जना किशोरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको रुपनी गाउँपालिका–६ घर भएका १९ वर्षीय सुरेश खङ्ग छन् ।

Advertisement

राजविराजबाट काठमाडौँ आउँदै गरेको ना ५ख ५३१५ नम्बरको बस चेकजाँच गर्दा सुरेशको साथमा लागु औषध फेला परेको थियो । उनको साथबाट ५८५ ट्याब्लेट नाइट्रोभ्याट बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी )रमेश बस्नेतले बताए ।

Advertisement

महानगरीय प्रहरी वृत्त थानकोटले उनलाई लागु औषध (नियन्त्रण) ऐन–२०३३ अनुसार अनुसन्धान गरिरहेको छ ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*