लुम्बिनी प्रदेशमा थप ३ मन्त्रालयको जिम्मा मन्त्री चौधरीलाई

नवयुग संवाददाता
२०७८, २२ भाद्र मंगलवार २०:०६

Advertisement

बुटवल । लुम्बिनी प्रदेशमा थप तीन मन्त्रालयको जिम्मेवारी पर्यटन, ग्रामीण तथा सहरी विकासमन्त्री डिल्ली चौधरीलाई दिइएको छ । गठबन्धनमा रहेका दलहरुबीच भागवण्डा मिलाउन नसक्दा मन्त्रिपरिषद विस्तारमा समय लागेपछि नेपाली कांग्रेसको भागमा पर्ने तीनवटा मन्त्रालयको जिम्मेवारी मन्त्री चौधरीलाई दिइएको हो ।

Advertisement

उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय, वन वातावरण तथा भु संरक्षण मन्त्रालय र शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पनि अब मन्त्री चौधरीले सम्हाल्नेछन् । मन्त्रिपरिषद विस्तार नहुँदासम्म लागि मुख्यमन्त्री कुलप्रसाद केसीले तीन मन्त्रालयको जिम्मेवारी आफूलाई प्रदान गरेको मन्त्री चौधरीले बताए ।

Advertisement

नेपाली कांग्रेसले एक राज्य मन्त्रीसहित चार जनालाई सरकारमा पठाउने तयारी गरेको छ । तर मन्त्रीका आकांक्षी धेरै भएपछि पार्टीले मन्त्री टुंगो लगाउन सकेको छैन । लुम्बिनीमा साउन २८ गते माओवादी केन्द्रका नेता कुलप्रसाद केसी मुख्यमन्त्री नियुक्त भएका थिए ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*