एमालेले काँचुली फेरेको हो, फुटेको हैनः पौडेल

नवयुग संवाददाता
२३ भाद्र २०७८, बुधबार १२:४४

Advertisement

रुपन्देही । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले एमाले पार्टी बिभाजन नभई काँचुली मात्रै फेरेको बताएका छन् ।

Advertisement

बुधवार बुटवलमा प्रेस चौतारी नेपाल रुपन्देहीले आयोजना गरेको पत्रकार भेटघाटमा पौडेलले समाजवादीको नाममा अलग भएकाहरु फुटेर गएका नभई काँचुली मात्रै फेरिएको बताए । ‘विभाजनको कथित प्रयासलाई नाकाम बनायौं,’ पौडेलले भने, ‘कथित विभाजन सर्पले काँचुली फेरेजस्तो मात्रै हो ।’

Advertisement

नेकपा समाजवादीले देश र जनताका लागि काम गर्न नसक्ने पनि उनले दाबी गरे । नेकपा एमाले देशकै सबैभन्दा ठूलो राजनीति दल भएकाले पार्टी छोडेर अलमलमा परेका नेताहरुलाई एमालेमै फर्कन उनले आग्रह गरे ।

Advertisement

एमसीसीका बारेमा सरकारको आधिकारीक धारणा आएपछि एमालेको धारणा तय हुने उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*