लुम्बिनी प्रदेशसभा सदस्यमा निर्मला भट्टराईले लिइन् सपथ

नवयुग संवाददाता
२३ भाद्र २०७८, बुधबार १६:१७

Advertisement

रुपन्देही । समानुपातिक तर्फबाट लुम्बिनी प्रदेशसभा सदस्य पदमा मनोनयन भएकी जनता समाजवादी पार्टी (जसपा) की सांसद निर्मला मुडभरी भट्टराईले सपथ लिएकी छन्।

Advertisement

बुधबार लुम्बिनी प्रदेशसभा सचिवालयमा आयोजित कार्यक्रममा प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभा सदस्य भट्टराईलाई सपथ गराएका थिए।

Advertisement

यसअघिको शंकर पोखरेल नेतृत्वको सरकारमा पार्टीको निर्णयविपरीत सहभागी भएको भन्दै प्रदेशसभा सदस्य कल्पना पाण्डेलाई कारबाही गरेको थियो। रिक्त रहेको सोही पदमा जसपाले भट्टराईलाई पठाउने निर्णय गरेको थियो।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*