मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा दुईजना पक्राउ

नवयुग संवाददाता
२६ भाद्र २०७८, शनिबार १८:१९

Advertisement

सिरहा । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा दुईजनालाई नरहा गाउँपालिका–३ चोहर्वास्थित सडकबाट शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा सप्तरी कञ्चनरुप नगरपालिका–११ बेङगरी बस्ने २८ वर्षीया ललिता चौधरी र सिरहा धनगढिमाई नगरपालिका–१ बाखैर बस्ने ३५ वर्षीया उषा देवी मलाह रहेका छन्।

Advertisement

उक्त स्थानमा २ जना किशोरीलाई भारततर्फ बेचबिखनको लागि लैजान लागेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो।

Advertisement

उनीहरुले पीडितहरुलाई लहानको आश्रममा मासिक ५० हजार रुपैयाँको काम लगाइदिने भनि प्रलोभनमा पारी ललाई फकाई लहानसम्म बोलाई लहानबाट पुन जनकपुरमा अझ राम्रो काम पाइने भनी गाडीमा चढाई विचबाटैबाट नेपाल भारत सिमानाका सिरहा माडरतर्फ बेचबिखनको लागि ओसारपसार गरेको अनुसन्धानका क्रममा खुल्न आएको हो।

Advertisement

उनीहरूउपर मानव बेचबिखन तथा ओसारपसार कसूरमा मुद्दा दर्ता गरी आइतबार जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको तथा घटनामा संलग्न अन्य अभियुक्तहरुको समेत खोजी भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*