कास्कीमा जिपको ठक्करबाट ६ वर्षीय बालकको मृत्यु

नवयुग संवाददाता
२६ भाद्र २०७८, शनिबार १९:५०

Advertisement

काठमाडौँ । जिपको ठक्करबाट स्याङ्जामा बालकको मृत्यु भएको छ । शनिबार साँझ पुतलीबजार नगरपालिका–१० राङखोला–समाताटोल भित्री सडकखण्डमा राङखोलाबाट समाताटोलका लागि छुटेको लु १ च ६०९७ नम्बरको जिपले ठक्कर दिँदा ६ वर्षीय आयोन गुरुङको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजेन्द्र अधिकारीले जानकारी दिए ।

Advertisement

उनका अनुसार आयोनको घटनास्थलमा नै मृत्यु भएको हो । प्रहरीले शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याएको छ । प्रहरीले जिप नियन्त्रणमा लिएको जनाएको छ भने चालक राङखोलाकै २८ वर्षीय निरज शाही फरार रहेका छन् ।

Advertisement
Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*