मानवअधिकारकर्मी कृष्ण पहाडी दिल्लीको एपोलो अस्पतालमा भर्ना

नवयुग संवाददाता
२७ भाद्र २०७८, आईतवार ११:४५

Advertisement

रुपन्देही । मानवअधिकारकर्मी अगुवा कृष्ण पहाडी दिल्लीको एपोलो अस्पताल भर्ना भएका छन् । आन्द्राको अल्सर लगायत रोगको उपचारका लागि पहाडी एपोलो अस्पताल भर्ना भएका हुन् ।

Advertisement

मानव अधिकार तथा शान्ति समाजका पूर्वअध्यक्ष पहाडीमा लामो समयदेखि मधुमेह, उच्च रक्तचाप, थाइराइड, प्रोस्टेट, घाँटी, नाक र घुँडाको समस्या छ । पहाडीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले जानकारी दिए ।

Advertisement

पहाडीको नौ वर्ष अगाडि पनि दिल्लीमा दाहिने हातको अप्रेसन गरी ट्युमर निकालिएको थियो ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*