बागमतीमा साना दलको समर्थनमा पनि टिक्दैन शाक्य नेतृत्वको सरकार

नवयुग संवाददाता
२७ भाद्र २०७८, आईतवार १२:१९

Advertisement

मकवानपुर । नेकपा एमाले विभाजन भएसँगै अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार धरापमा परेको छ । एकता जोगाउनको लागि डोरमणी पौडेलले राजीनामा दिएर एमालेले शाक्यलाई मुख्यमन्त्रीमा नियुक्त गरेको थियो । तर, शाक्य मुख्यमन्त्री भएको एक सातापछि नै एमाले विभाजन भएपछि शाक्य अल्पमतमा परेकी हुन् ।

Advertisement

५६ सांसद रहेको एमालेबाट १३ जना नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेसँगै हाल एमालेसँग ४३ सांसद रहेको छ । प्रदेशमा एमाले नेतृत्वको सरकार जोगाउनको लागि थप १३ सांसद आवश्यक पर्छ । गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितको दलले सहयोग गर्ने अवस्था छैन ।

Advertisement

बागमती प्रदेशसभामा कायम रहेका स–साना दलहरूको समर्थन पाउँदा समेत मुख्यमन्त्री शाक्य नेतृत्वको सरकार टिक्ने अवस्था देखिँदैन । बागमती प्रदेशसभाका साना ४ दलले साथ दिने हो भने पनि ती दलका कुल सांसद संख्या ८ मात्र पुग्छ । उनीहरुको साथबाट पनि शाक्य नेतृत्वको सरकार जोगिने अवस्था छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *

*