एमाले संसदीय दलको बैठक जारी

नवयुग संवाददाता
२७ भाद्र २०७८, आईतवार १२:५०

Advertisement

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय दलको बैठक नयाँबानेश्वरस्थित संसद भवनमा जारी छ । यो बैठकले आइतबारको संसदको बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा रणनीति बनाउने छ ।

Advertisement

बैठकमा पूर्वअर्थमन्त्री विष्णु पौडेलले आफूले ल्याएको बजेटमा रहेका के के कार्यक्रमहरु कटौती गरिए भन्ने विषयमा ब्रिफिङ गरेका छन् । उनले आफूले ल्याएका योजना अहिले देउवा सरकारले बजेट अभाव भन्दै कटौती गरेको बैठकमा जनाएका छन् । एमालेले देउवा सरकारले प्रतिस्थापन विधेयकमार्फत ल्याएको चालु आर्थिक वर्षको बजेटमा आपत्ति जनाइसकेको छ । शनिबारको स्थायी कमिटी बैठकले सल्लाहनै नगरी छापामार शैलीमा बजेट ल्याएको निस्कर्ष निकालेको थियो ।

Advertisement

यस्तै आइतबारको संसदीय दलको बैठकले संसदमा एमाले सांसदहरुको उच्छृंखल व्यबहारबारे पनि छलफल हुनेछ । विरोध गर्दा पनि संसदीय सीमामा रहेर विरोध गर्नुपर्ने स्थायी कमिटी बैठकले निर्णय गरेपछि आइतबार आफ्ना सांसदहरुलाई विरोधको स्वरुपबारे जानकारी गराउन संसदीय दलको बैठक बोलाएको हो ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*