बीपी प्रतिष्ठानमा ओपीडी सेवा सुचारु

नवयुग संवाददाता
२७ भाद्र २०७८, आईतवार १५:४२

Advertisement

विराटनगर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सुधारको माग गर्दै काम छाडेका चिकित्सक र कर्मचारी काममा फर्किएका छन् ।

Advertisement

एकसाता यता ओपिडी सेवा बन्द गरी आन्दोलनमा उत्रिएका चिकित्सक र कर्मचारी काममा फर्किएका हुन् । तर उनीहरुले आन्दोलनलाई भने यथावतै राखेका छन् । आन्दोलनरत संयुक्त संघर्ष समितिका संयोजक संघर्ष समितिका संयोजक डा।एसपी रिमालले सबै पक्षबाट अनुरोध भएका कारण आन्दोलनलाई परिमार्जन गर्दै काममा फर्किएको बताए ।

Advertisement

उपकुलपतिसहितका पदाधिकारीहरुको कार्यकक्षमा लागेको तालाबन्दी भने यथावत रहने संघर्ष समितिले जनाएको छ । बीपी प्रतिष्ठान सुधारको माग गर्दै प्राध्यापक र कर्मचारी ९० दिनदेखि आन्दोलन गर्दै आएका छन् ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*