यसरी संसद् कति दिन चल्छ ओलीलाई सोध्नू : देउवा

नवयुग संवाददाता
२७ भाद्र २०७८, आईतवार १५:५३

Advertisement

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले संसद् अवरोध प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका कारण भएको भन्दै यसको जिम्मा पनि उसैले लिनुपर्ने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठक स्थगित भएपछि बाहिरिने क्रममा पत्रकारले उनलाई यसरी कतिन्जेल संसद् चल्छ भनेर सोधेको प्रश्नको जवाफ दिँदै उनले भने, ‘ओलीलाई सोध्नू ।’

Advertisement

आइतबार २ पटक बैठक बसे पनि एमालेको अवरोधका कारण कार्यसूचीमा प्रवेश नै नगरी मंगलबारसम्मका लागि स्थगित भएको छ । सभामुख अग्नि सापकोटाको भूमिकाका कारण एमाले विभाजन भएको भन्दै एमालेले लगातार संसद अवरोध गरिरहेको छ । संसद चलाउने विषयमा सरकारले पहल नगरेको एमाले नेताहरुले बताएका छन् ।

Advertisement

आइतबार सभामुख सापकोटाले कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई साथमा राखेर एमालेका प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी र सांसद खगराज अधिकारीसँग छलफल गरेका थिए । तर, सो छलफल सकरात्मक भएन ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*