बलात्कार आरोपमा १७ वर्षीय किशोर पक्राउ

नवयुग संवाददाता
२८ भाद्र २०७८, सोमबार १२:१४

Advertisement

पर्वत । बलात्कार गरेको आरोपमा पर्वत प्रहरीले १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ । पैयुँ गाउँपालिकाका ती किशोरमाथि ३८ वर्षे महिलालाई बलात्कार गरेको आरोप छ

Advertisement

प्रहरीका अनुसार गत वैशाख १५ गते साँझ ६ बजेतिर खेतमा काम गरिरहेको समयमा ती महिलालाई किशोरले बलात्कार गरेको जाहेरीमा उल्लेख छ । पीडित महिलाका दाजुले बलात्कार आरोप लगाउँदै गत शुक्रबार पर्वत प्रहरीमा उजुरी दिएको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए ।

Advertisement

सोही उजुरीका आधारमा प्रहरीले शनिबार किशोरलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार पर्वत जिल्ला अदालतबाट आइतबारदेखि लागु हुने गरी ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ । गोपनीयताका कारण दुवै पक्षको विवरण नखुलाइएको प्रहरीको प्रेस नोटमा उल्लेख छ ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*