वीरगञ्जबाट स्रोत नखुलेको ५ लाख रकमसहित एक पक्राउ

नवयुग संवाददाता
२८ भाद्र २०७८, सोमबार १२:२९

Advertisement

पर्सा । स्रोत नखुलेको नगद ५ लाख रुपैयाँसहित प्रहरीले वीरगञ्जबाट एक जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–२ बस्ने ४३ वर्षीय महमद आसिफ अंसारीलाई स्रोत नखुलेको नगद ५ लाख रुपैयाँ सहित सोही महानगरपालिका–१७ शंकराचार्य गेटबाट आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो।

Advertisement

भारतबाट वीरगञ्जतर्फ आउँदै गरेको ना.२५ प ८७६२ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी इनर्वा पर्साबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा अंसारीले हेल्मेटभित्र ल्याएको उक्त रकम सहित फेला पारी मोटरसाइकलमा सवार उनलाई पक्राउ गरेको हो।

Advertisement

उनीमाथि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्धको कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*