रहेनन् गीतकार देव बज्राचार्य

नवयुग संवाददाता
२८ भाद्र २०७८, सोमबार १२:५१

देव बज्राचार्य

काठमाडौं । गीतकार देव बज्राचार्यको ६४ वर्षको उमेरमा सोमबार बिहान निधन भएको छ । केही समययता छाती र मुटुको समस्याबाट ग्रसित गीतकार बज्राचार्यको बयोधा अस्पतालमा उपचारका क्रममा बिहान २ः४५ मा निधन भएको हो । गीतकार बज्राचार्यका गीतहरु ‘एक्लै बस्दा सधैं मलाई’, ‘प्रिय तिम्रो मुहारमा’, ‘उदास मेरो जीवन’लगायतका गीत लोकप्रिय छन् ।

Advertisement

सन् २००९ फागुन १४ गते काठमाडौं ओमबहालमा जन्मिएका उनको भोलि मंगलबार बिहान १० बजे टेकु दोभानमा दाहसंस्कार गरिने परिवारले जनाएको छ । बज्राचार्यको श्रीमती, एक छोरा र तीन छोरी छन् । बज्राचार्य संगीतकार न्ह्यू बज्राचार्यका काका हुन् । उनको गीतमा अरुणा लामा, मिरा राणा, मधु क्षेत्रीलगायतले स्वर दिएका छन् ।

Advertisement

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*