च्याम्पियन्स लिग आजदेखि सुरु

नवयुग संवाददाता
२९ भाद्र २०७८, मंगलवार १३:०१

Advertisement

काठमाडौं । च्याम्पियन्स लिग फुटबलअन्तर्गत आज विभिन्न आठ खेलहरू हुँदै छन् ।

Advertisement

आज हुने खेलमा म्यानचेस्टर युनाइटेडले योङ ब्वाइजसँग प्रतिस्पर्धा गर्दै छ । दुई टोलीबीचको खेल नेपाली समयानुसार राति १०ः३० बजे सुरु हुनेछ ।

Advertisement

क्रिष्टियानो रोनाल्डोप्रेरित युनाइटेड आजको खेलमा जित निकाल्दै सुखद सुरुवात गर्ने योजनामा छ । युनाइटेड समूह ‘एफ’मा छ ।

Advertisement

प्रिमियर लिगमा दोस्रोपटक डेब्यु गरेका रोनाल्डोेले पहिलो खेलमा नै दुई गोल गरेका थिए । त्यसैले रोनाल्डो आजको खेलमा पनि मुख्य भूमिकामा देखिनेछन् । पोर्चुगलका स्टार खेलाडी रोनाल्डो यो सिजन मात्र युनाइटेडमा आएका हुन् ।

सोही समयमा हुने अर्को खेलमा सेभियाले आरबी लाइपजिगसँग प्रतिस्पर्धा गर्दै छ ।

च्याम्पियन्स लिगअन्तर्गत साबिक विजेता चेल्सीले जेनितसँग खेल्दै सिजनको सुरुवात गर्नेछ । दुई टोलीबीचको खेल नेपाली समयानुसार राति १२ः४५ मा सुरु हुनेछ ।

सोही समयमा हुने अर्को खेलमा स्पेनिस क्लब बार्सिलोनाले जर्मन क्लब बायर्न म्युनिखसँग प्रतिस्पर्धा गर्नेछ । च्यम्पियन्स लिग सिजन २०१९–०२० मा क्वार्टरफाइनल खेलअन्तर्गत बार्सिलोना बायर्न म्युनिखसँग ८–२ ले पराजित भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*