चेक बाउन्सको मुद्दामा दोषी ठहर भई फरार रहेका व्यक्ति पक्राउ

नवयुग संवाददाता
२९ भाद्र २०७८, मंगलवार १४:४५

Advertisement

काठमाडौं । बैंकिङ कसूर मुद्दामा दोषी ठहर भई फरार रहेका एक व्यक्तिलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१५ घर भई काठमाडौंको गोल्फुटारमा बस्ने २६ वर्षीय अनिस सुन्दासलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सोमबार सुन्दरीजलबाट पक्राउ गरेको हो ।

Advertisement

उनलाई चेक बाउन्सको मुद्दामा उच्च अदालत पाटनको गत चैत ८ गतेको फैसलाले सात दिन कैद सजाय र सात लाख रुपैयाँ जरिवाना तोकेको थियो । पक्राउ परेका सुन्दासलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको ब्युरोका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए ।

Advertisement
Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*