फोटो पत्रकार समूह मकवानपुरको अध्यक्षमा दाहाल

नवयुग संवाददाता
३० भाद्र २०७८, बुधबार १७:४३

Advertisement

मकवानपुर । राष्ट्रिय फोटो पत्रकार समूह मकवानपुरको अध्यक्षमा धर्मेन्द्र दाहाल चयन भएका छन् । समूहको वुधबार (आज) सम्पन्न दोश्रो जिल्ला अधिवेशनबाट दाहालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।

Advertisement

अधिवेशनबाट समूहको उपाध्यक्षमा विजय पौडेल, सचिवमा बलराम पुडासैनी, सह–सचिवमा उज्वल अधिकारी र कोषाध्यक्षमा सरला अधिकारी चयन भएका छन् । त्यस्तै सदस्यहरुमा विक्रम बानियाँ, राजन कटुवाल, अनिष चौलागाईँ, सुसन लामिछाने , मीना श्रेष्ठ र दिलबहादुर रुम्बा चयन भएका छन् ।

Advertisement

फोटो पत्रकार समूह मकवानपुरका अध्यक्ष कपिल खड्काको अध्यक्षतामा सम्पन्न अधिवेशनमा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष ?पेश दुलाल, फोटो पत्रकार समूह बागमती प्रदेशका सल्लाहकार गिरिजा अधिकारी, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम लगायतको आतिथ्यता रहेको थियो ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*