विश्व बक्सिङ च्याम्पियनसिपको छनोटका खेल आजदेखि सुरु

नवयुग संवाददाता
१ आश्विन २०७८, शुक्रबार १२:२४

 

Advertisement

 

Advertisement

Advertisement

काठमाण्डौ – विश्व बक्सिङ च्याम्पियनसिपको छनोटका खेल आजदेखि हुँदैछ । छनोट खेल आज दिउँसो साढे ३ बजे सातदोबाटो अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु हुनेछ ।

Advertisement

तीन दिनसम्म हुने छनोट खेलमा ४८ देखि ५१ केजी, ५४ देखि ५७ केजी, ६० देखि ६३ केजी, ६३।५ देखि ६७ र ६७ देखि ७१ केजी तौलसमूह समावेश हुनेछन् । सर्बियामा आउँदो अक्टोबर महिनामा सुरु हुने आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपका लागि छनोट खेल्न लागिएको हो ।

च्याम्पियनसिपका लागि खेलाडी छनोट गर्न सङ्घले बनाएको पाँच सदस्यीय समितिको प्रतिवेदनका आधारमा विभिन्न पाँच तौल समूहमा प्रतिस्पर्धा गराइने छ । छनोट समितिले उत्कृष्ट खेलाडीहरु छनोट गरेर वरीयता प्रदान गर्नेछ ।

त्यसपछि समितिकै सुझावका आधारमा विश्व च्याम्पियनसिपमा कति खेलाडी सहभागी गराउने भन्ने निर्णय हुने राष्ट्रिय खेलकुद परिषद्को प्रचार प्रसार शाखाका प्रमुख दुर्गा दुलालले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*