ओखलढुंगामा करेन्ट लागेर एक जनाको मृत्यु

नवयुग संवाददाता
२०७८, १ आश्विन शुक्रबार १३:०२

Advertisement

ओखलढुंगा – ओखलढुंगामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

Advertisement

मृत्यु हुनेमा सुनकोशी गाउँपालिका–९, कटुञ्जेका ५८ वर्षीय लोकनाथ गिरी रहेको प्रहरीले जनाएको छ ।

Advertisement

सोही गाउँपालिका–१० स्थित आफ्नै बेसीघरमा टर्चलाइट चार्ज गर्नेक्रममा करेन्ट लागेर उनको बिहीवार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख गोविन्दराज काफ्लेले जानकारी दिए ।

Advertisement

 

उनले घटनाबारे थप अनुसन्धान भइरहेको र शव परीक्षणका लागि जिल्ला अस्पताल रुम्जाटार पठाइएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*