२४ घण्टामा थप १५५८ जनामा कोरोना संक्रमण पुष्टि, १० को मृत्यु

नवयुग संवाददाता
१ आश्विन २०७८, शुक्रबार १६:०९

Advertisement

काठमाडौं । बितेको २४ घण्टामा देशभर १५५८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १० जनाको मृत्यु भएको छ ।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १३५१ जना संक्रमणमुक्त भएका छन् । यस्तै थप १० जनाको मृत्यु हुँदा मृतकको कुल संख्या ११ हजार १२ पुगेको छ ।

Advertisement

यस्तै हालसम्म कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ८३ हजार ७५ पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ८८ हजार ६५९ जना पुगेको छ । संक्रमितमध्ये हालसम्म ७ लाख ४६ हजार ५६६ जना निको भएका छन् ।

Advertisement

हाल देशभर २५ हजार ४९७ जना सक्रिय संक्रमित रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*