नेपालले अमेरिकासँग पहिले ब्याटिङ गर्ने

नवयुग संवाददाता
१ आश्विन २०७८, शुक्रबार १६:२६

Advertisement

काठमाडौँ । विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय एकदिवसीय क्रिकेट शृङ्खलामा नेपाल र अमेरिकाबीच ओमानमा शुक्रबार केही बेरमा खेल सुरु हुँदै छ।

Advertisement

ओमानमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएको हो। गत सोमबार भएको खेलमा नेपालले अमेरिकालाई पाँच विकेटले हराएको थियो। मंगलबार ओमानसँग भएको खेलमा भने नेपाल पाँच विकेटले पराजित भएको थियो।

Advertisement

लिग–२ मा ओमान १२ खेलमा २० अंक जोडेर शीर्ष स्थानमा छ। अमेरिका १४ खेलमा १२ अंक जोडेर दोस्रो स्थानमा छ भने नेपाल ६ खेलमा ६ अंकसहित छैटौँ स्थानमा छ ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*