होटलको कोठाबाट रेडपाण्डाको छालासहित चारजना पक्राउ

नवयुग संवाददाता
२ आश्विन २०७८, शनिबार १९:५३

Advertisement

सुर्खेत । रेडपाण्डाको छालासहित चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । वीरेन्द्रनगर ८ खजुरास्थित होटल मानसरोवरको कोठा नम्बर ११५ बाट प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

Advertisement

रेडपाण्डाको छालासहित पक्राउ पर्नेमा कालिकोटको रास्कोट नगरपालिका–८ का मनबहादुर बुढा, ठाँटिकाँध गाउँपालिका–१ का विष्णु रावत, नारायण नगरपालिका–१० का नरेन्द्र थापा र पूर्णबहादुर बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीले बताए ।

Advertisement

‘सूचनाका आधारमा खानतलासी गर्दा खाटको सिरानीमुनि लुकाइछिपाई राखेको कालो रंगको हाते झोलाभित्र रातो खैरो रंगको रेडपाण्डाको छाला एक थान, मोबाइल पाँच थान फेला परेको हो,’ उनले भने, ‘प्रारम्भिक अनुसन्धानमा चारैजनाले वीरेन्द्रनगरकै एक स्थानबाट त्यहाँ ल्याएको र छालालाई होटलमा ल्याएबापत जनही ५० हजार रुपैयाँ लिइसकेको बताएका छन् ।’

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*