ग्यास लिक भएर आगलागी हुँदा घाइते भएका दम्पतीको मृत्यु

नवयुग संवाददाता
५ आश्विन २०७८, मंगलवार ०९:३१

Advertisement

झापा । झापाको अर्जुनधारामा ग्यास सिलिण्डर लिक भएर आगलागी हुँदा घाइते भएका एक दम्पतीको उपचारको क्रममा मृत्यु भएको छ । गत भदौ २६ गते शनिबार साँझ ग्यास लिक हुँदा भएको आगलागीमा परी अर्जुनधारा ७ पुष्पलाल मार्गका रोम खनाल, उनको श्रीमती दुर्गा खनाल र छोरा पकज खनाल घाइते भएका थिए ।

Advertisement

काठमाडौँको किर्तिपुर अस्पतालमा उपचारका क्रममा खनाल दम्पतीको निधन भएको छिमेकी तथा सामाजिक अभियन्ता कमल पोख्रेलले जानकारी दिए । उनका अनुसार उपचारकै क्रममा सोमबार राति पौने ८ बजे रोम खनालको निधन भएको थियो भने राति ११ः१५ बजे दुर्गा खनालको निधन भएको हो । छोरा पंकजको अवस्था भने सामान्य रहेको जनाइएको छ ।

Advertisement

सामान्य अवस्थामा रहेका छोरा पंकजलाई अस्पतालले आज डिस्चार्ज दिने जानकारी आएको छिमेकी पोख्रेलले बताए । खनालको परिवारमा मृतक रोमका आमा, एक छोरा र एक छोरी छन् । उनीहरु अहिले छिमेकीको घरमा बसिरहेका छन् । यसैबीच, मृतक खनाल दम्पत्तिको काठमाडौँमै अन्त्येष्टि गरिने पारिवारिक सहमति भएको पनि पोख्रेलले जानकारी दिएका छन् ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*