इजरायलको रोजगारीका लागि १६०० जना सिफारिस (सूचीसहित)

नवयुग संवाददाता
१० आश्विन २०७८, आईतवार ११:४४

Advertisement

काठमाडौं । रोजगारीका लागि इजरायल जान इच्छुकहरुमध्ये भाषा र अन्तरवार्ता परीक्षामा पास भएका एक हजार ६०० जनाको नाम सरकारले सार्वजनिक गरेको छ ।

Advertisement

वैदेशिक रोजगार विभागले भाषा परीक्षा पास भएर अन्तरवार्तामा सहभागीहरुमध्ये एक हजार ६ सय जनाको नाम आइतबार बिहान सार्वजनिक गरेको हो । इजरायलले नेपाली कामदार लैजाने कोटा भने एक हजार ४ सय छ ।

Advertisement

१६ सयमध्येबाट अब इजरायलको पपुलेसन एन्ड इमिग्रेसन अथोरिटी (पीआइबीए)ले कामदार छनोट गर्नेछ । छनोटमा परेका व्यक्तिहरू र रोजगारदाताबीच रोजगार सम्झौता भएपछि उनीहरु इजरायल जान पाउनेछन् । इजरायलको रोजगारीका लागि लिइएको भाषा परीक्षामा ६ हजार ३१७ जना सहभागी भएका थिए ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*