प्रविशा अधिकारीको नयाँ गीत ‘दिलकी रानी’ सार्वजनिक

नवयुग संवाददाता
१० आश्विन २०७८, आईतवार १४:२५

Advertisement

काठमाडौं । गायिका प्रविशा अपधकारीको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । ‘दिलकी रानी’बोलको सार्वजनिक गीतमा गायिका अधिकारीलाई गायक बादल थापाले गायनमा साथ दिएका छन् ।

Advertisement

थापाले नै संगीत गरेको गीत सुरेश रानाले लेखेका हुन् । सार्वजनिक गीतको म्युजिक भिडियो पनि रिलिज गरिएको छ । म्युजिक भिडियोमा सरोज अधिकारी र आश्मा बिश्वकर्माले अभिनय गरेका छन् । निभान इन्टरटेनमेन्टले बजारमा ल्याएको गीतको भिडियो निर्देशन रामजी लामिछानेले गरेका हुन् । भिडियोमा कोरियोग्राफी पनि निर्देशक लामिछानेकै रहेको छ ।

Advertisement

म्युजिक भिडियोमा सौरभ लामाको छायांकन, भुपेन्द्र अधिकारिको सम्पादन, रेनिश फगोको कलर, श्रीकृष्ण श्रेष्ठको भिएफएक्स, सुरेश कफ्लेको ड्रोन र अनिता ग्वचाको मेकअप देख्न सकिन्छ । गीतलाई निर्माण राजन लम्साल र रेखा वाग्लेले गरेका हुन् ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*