दार्चुलामा खर काट्ने क्रममा भीरबाट लडेर मृत्यु

नवयुग संवाददाता
१२ आश्विन २०७८, मंगलवार ११:५३

Advertisement

दार्चुला । दार्चुलामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा नौगाड गाउँपालिका वडा नम्बर २ सुण्डमुण्ड बस्ने अन्दाजी ४५ वर्षीय नरमादेवी ठगुन्ना रहेको स्थानीय चन्द्रावती ठगुन्नाले बताइन् । उनको खर काट्ने बेला भीरबाट लडेर ज्यान गएको हो ।

Advertisement

घर नजिकैको भैंसीमेला खरफागलामा खर काट्न गएकी नरमाको भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको उनले बताए । नरमाको ५ छोरी र एक छोरा रहेका छन् । उनका श्रीमानको पनि तीन वर्ष अगाडि मृत्यु भइसकेको बताइएको छ ।

Advertisement
Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*