२० वर्ष कैद सजाय तोकेका फरार प्रतिवादी १२ वर्षपछि पक्राउ

नवयुग संवाददाता
१३ आश्विन २०७८, बुधबार १८:५९

Advertisement

कञ्चनपुर । कञ्चनपुरमा अदालतले २० वर्ष कैद सजाय तोकेका फरार प्रतिवादी १२ वर्षपछि पक्राउ परेका छन् ।

Advertisement

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालतले २० वर्ष कैद सजाय सुनाइएका तत्कालिन झलारी पिपलाडी गाविस–३ का ४५ वर्षीय गणेशप्रसाद जोशीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले जोशीलाई उनकै घर नजिकबाट पक्राउ गरेर जिल्ला अदालतमा बुझाइएको जानकारी दिए । अदालतले उनलाई कैद भुक्तानका लागि कारागार पठाएको छ ।

Advertisement

जोशीले २०६४ सालको असारमा झलारी पिपलाडीकै एक महिलालाई विवाहको प्रलोभन देखाएर भारतको दिल्ली पुगाएर बेचबिखन गरेको अभियोग लागेको थियो । जिल्ला अदालतले २०६६ सालको जेठ २५ मा फैसला सुनाउँदै जोशीलाई २० वर्ष कैद र दुई लाख जरिवाना सुनाएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*