जंगली बँदेलको मासुसहित दुईजना पक्राउ

नवयुग संवाददाता
१५ आश्विन २०७८, शुक्रबार १२:१९

Advertisement

सुनसरी । सुनसरीको इनरुवा नगरपालिका – ४ बसपार्क नजिकबाट ३३ किलो जंगली बँदेलको मासुसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

पक्राउ पर्नेहरूमा कोशी गाउँपालिका – ६ बस्ने बिसे शर्मा र उदय मुखिया मलाह रहेको प्रहरीले जनाएको छ ।

Advertisement

स .१ प ९१७६ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्ने क्रममा बोरामा ल्याउँदै गरेको उक्त मासु सहित फेला पारी मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।

Advertisement

बरामद मासुसहित उनीहरूलाई आवश्यक कारवाहीका लागि जिल्ला वन कार्यालय सुनसरीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*