आज कर्णालीका तीन जिल्लामा कांग्रेस जिल्ला अधिवेशन हुँदै

नवयुग संवाददाता
१५ आश्विन २०७८, शुक्रबार १२:३०

Advertisement

सुर्खेत । आज कर्णालीका तीन जिल्लामा नेपाली कांग्रेसको अधिवेशन हुने भएको छ। कालीकोट, मुगु र हुम्लामा जिल्ला अधिवेशन हुन लागेको हो।

Advertisement

नेतृत्वका लागि कालीकोटमा चार जना आकांक्षी छन्। हालका सभापति हर्षबहादुर बम, नेताहरू अम्मबहादुर शाही, दमन बहादुर शाही र मोतिराज बम सभापति बन्ने दाउमा छन्। हर्ष र अम्म बरिष्ठ नेता रामचन्द्र पौडेल समूहका हुन् भने दमन र मोतिराज सभापति शेरबहादुर देउवा निकट हुन्।

Advertisement

अम्म कांग्रेसका पुराना नेता हुन्। दमन हालका सहसचिव हुन भने मोतिराज महासमिति सदस्य हुन्। आकांक्षी धेरै भए पनि त्यहाँ सर्वसम्मत नेतृत्व चयनको प्रयास भइरहेको नेताहरूले बताएका छन्। सर्वसम्मत नेतृत्व छनौटका लागि चार जना बाहिरबाट समेत नेतृत्व छान्ने नेताहरूले प्रयास गरिरहेका छन् ।

Advertisement

कालीकोटमा कांग्रेसले वडा, स्थानीय तह र प्रदेश निर्वाचन क्षेत्रको नेतृत्वहरू सर्वसम्मत रूपमा छनौट गरेको छ। कालीकोटका ९ स्थानीय तहमध्ये ७ मा पौडेल र २ स्थानीय तहमा देउवा समूहले नेतृत्व लिएको छ। प्रदेश निर्वाचन क्षेत्रमा भने दुबै स्थानमा देउवा समूहले सभापति लिएको छ। कालीकोटमा भोली बिहान ७ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान गर्ने कार्यतालिका छ। कालीकोट पौडेल समूहको बलियो पकड भएको जिल्ला हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*