दुई लाख ३३ हजारसहित १५ जुवाडे पक्राउ

नवयुग संवाददाता
१५ आश्विन २०७८, शुक्रबार १२:४७

Advertisement

काठमाडौं । सुर्खेतमा १५ जना जुवाडे पक्राउ परेका छन् । गुर्भाकोट नगरपालिका–९ बोटेचौरस्थित रातो भाले कटेजमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २९ वर्षीय भानु कँडेल लगायत १५ जनालाई गए राति प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

प्रहरी चौकी मेहलकुना र अस्थाई प्रहरी पोष्ट बोटेचौरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख ३३ हजार ७ सय ३४ रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।

Advertisement
Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*