झापामा मोटरसाइकल दुर्घटना हुदाँ एकजनाको मृत्यु

नवयुग संवाददाता
१७ आश्विन २०७८, आईतवार ११:४४

Advertisement

झापा । मोटरसाइकल दुर्घटनामा परी झापामा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका – ११ निवासी ३५ वर्षीय लक्ष्मी भण्डारी भएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।

Advertisement

प्रहरीका अनुसार शनिबार साँझ पूर्व-पश्चिम राजमार्गअन्तर्गत शिवसताक्षी .११ स्थित शिव चोकमा उत्तरबाट दक्षिणतर्फ बाटो काट्ने क्रममा साइकल यात्रीलाई सोही दिशातर्फ जाँदै गरेको प्र – १- ०१-०१२प७८१९ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो। दुर्घटनामा परी साइकल यात्री शिवसताक्षी – ११ निवासी ५५ वर्षीय रामचन्द्र कटेललाई सामान्य चोट लागेको थियो।

Advertisement

दुर्घटनामा मोटरसाइकल चालक शिवसताक्षी -७ निवासी २५ वर्षीय सुवास भण्डारी सामान्य चोट लागेको र सोही मोटरसाइकल पछाडि सवार भण्डारी गम्भीर घाइते भएका थिए।

Advertisement

गम्भीर घाइते भएका भण्डारीको बिर्तासिटि अस्पताल बिर्तामोडमा उपचारको क्रममा आइतबार बिहान साढे ६ बजे मृत्यु भएको डिएसपी थापाले बताए।

यता, इलाका प्रहरी कार्यालय झिलझिलेले चालक भण्डारी र मोटरसाइकललाई नियन्त्रणमा लिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*