अख्तियारको विरुद्धमा रौतहटमा जसपाको प्रदर्शन

नवयुग संवाददाता
१७ आश्विन २०७८, आईतवार १८:३७

Advertisement

रौतहट । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विरुद्धमा जसपा कार्यकर्ताहरूले रौतहटको सदरमुकाम गौरमा विरोध प्रदर्शन गरेका छन ।

Advertisement

अख्तियार दुरुपयोग अनुसन्धानले प्रदेश सरकारलाई बदनाम गराउन केही दिनअघि प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा छापा मारेको भन्दै जसपाका दर्जनौं कार्यकर्ताहरूले तुल,ब्यानर लिएर विभिन्न नारा लगाउँदै गौर बजार परिक्रमा गरेका थिए । गौरको बिपी चौकबाट निस्केको बिरोध प्रदर्शन नेपाल लज नजिक पुगेर कोणसभामा परिणत भएको थियो ।

Advertisement

सो कोणसभामा प्रदेश सांसद रामकिशोर यादव,देवाही गोनाही नगरप्रमुख धर्मेन्द्र पटेल,माधवनारायण नगरप्रमुख बिरेन्द्र यादव ,जिल्ला समन्वय समितिको उपसभापति राम आशिष यादव,लगायत हप्ताहरुले अख्तियारले अख्तियार संघीयता बिरोधी गतिविधिमा लागेको आरोप लगाए ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*