रुपन्देहीमा चक्कु प्रहार गरी एकको हत्या

नवयुग संवाददाता
१८ आश्विन २०७८, सोमबार १२:३३

Advertisement

रुपन्देही । शुद्धोधन गाउँपालिका–३ बेतानीस्थितमा प्लाई फ्याक्ट्रीमा काम गर्ने कर्मचीको हत्या गरेको आरोपमा प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

Advertisement

नवलपरासी (पश्चिम) सुस्ता गाउँपालिका–३ घर भएका २२ वर्षीय अवदेश हरिजनको चक्कु प्रहरी गरी हत्या गरेको अभियोगमा भारत गोपालगंज बस्ने १८ वर्षीय किशोरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो। सविक्षा समिल नामको उक्त फ्याक्ट्रीमा काम गर्ने व्यक्तिबीच झगडा हुँदा ती किशोरले अवदेशलाई चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ।

Advertisement

गम्भीर घाइते भएका हरिजनको उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पतालतर्फ लैजाँने क्रममा बाटोमै मृत्यु भएको थियो। इलाका प्रहरी कार्यालय छपियाबाट खटिएको प्रहरीले चक्कु प्रहार गर्ने ती किशोरलाई पक्राउ गरेको प्रहरी उपरीक्षक मनोज केसीले बताए।

Advertisement

चक्कु प्रहारबाट सामान्य घाइते भएका अवदेशका बाबु ४० वर्षीय गोपीको लुम्बिनी प्रादेशिक अस्पताल उपचार भइरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*