बाल्टिनको पानीमा डुबेर २ बर्षकी बालिकाको मृत्यु

नवयुग संवाददाता
१८ आश्विन २०७८, सोमबार २०:४४

Advertisement

बारा । बाराको कलैयामा बाल्टिनको पानीमा डुबेर २ वर्षीया बालिकाको मृत्यु भएको छ । कलैया उपमहानगरपालिका–२० बसतपुरका मैनोद्दिन मियाँको छोरी २ वर्षीया आयश खातुनको मृत्यु भएको हो ।

Advertisement

सोमबार बिहान पौने ११ बजे घरमै पानीसहितको बाल्टिनमा डुबेकी बालिकाको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो । प्रहरीका अनुसार बालिकाकी आमाले डुबेको देखेपछि निकालेर तत्कालै अस्पतालतर्फ लगेकी थिइन् ।

Advertisement

कलैया अस्पतालमा पोष्टमार्टमपछि बालिकाको शव आफन्तलाई जिम्मा लगाएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*