सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घट्यो

नवयुग संवाददाता
२० आश्विन २०७८, बुधबार १३:१८

Advertisement

काठमाडौं । सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेको छ । मंगलबार तोलामा ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावल सुनको मूल्य बुधबार ८९ हजार ९ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

Advertisement

बुधबारका लागि तेजावी सुनको भाउ ८९ हजार ४५० रुपैयाँ तोकिएको छ । मंगलबार तेजावी सुन प्रतितोला ८९ हजार ८५० रुपैयाँमा करोबार भएको थियो । यस्तै मंगलबार तोलामा ११ सय ६० रुपैयाँमा कारोबार भएको चाँदीको खरिद बिकी मूल्य भने बुधबार पनि स्थिर रहेको महासंघले जनाएको छ ।

Advertisement
Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*