बेपत्ता युवती झुन्डिएको अवस्थामा फेला

नवयुग संवाददाता
२० आश्विन २०७८, बुधबार १४:११

Advertisement

सप्तरी। सप्तरीको रुपनी गाउँपालिका ६ स्थित शनिमन्दिर नजिकै जंगलमा २० वर्षीया युवती झुन्डिएको अवस्थामा भेटिएकी छिन्।

Advertisement

रुपनी गाउँपालिका–२ रायपुरका खेलानन्द चौधरीको छोरी चाँदानी चौधरी रुखको हाँगामा पासो लागेर झुन्डिएको अवस्थामा फेला परेकी हुन्।

Advertisement

घाँस काट्न गएका स्थानीयहरूले युवती झुन्डिएको देखेपछि गरेको खबरको आधारमा प्रहरी घटना स्थल पुगेको थियो । मृतक युवतीको शव पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल ल्याइएको छ।

Advertisement

घटनाको विषयमा थप अनुसान्धन भइरहेको सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए । मृतक युवती गत शनिबारदेखि बेपत्ता भएकी थिइन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*